Like us!
Follow us!
Connect us!
Watch us!

युनियन हाइड्रोपावरको साधारण सभा सम्पन्न

अर्थ संसार

शुक्रबार, २५ असार २०७८, १३ : ४१ मा प्रकाशित

युनियन हाइड्रोपावरको साधारण सभा सम्पन्न

युनियन हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ  । कम्पनीको  १३औँ र १४औँ साधारणसभा आज (शुक्रबार) ललितपुरको धोबीघाटस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

सभाले, हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित  गर्नुका साथै, २०७५/७६ र ०७६/७७ को दुवै आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु सहित माथि छलफल गरेको गरि पारित गरेको छ  ।

सभाले कम्पनीद्वारा प्रवर्धित मिदिम खोला करापु जलविद्युत आयोजना (३ मेगावाट) का लागि लिइएको ऋण व्यवस्थापन र अन्य आयोजनाहरुको अध्ययन तथा विकासका लागि आवश्यक रकमका लागि हकप्रद सेयर जारी गर्न लागेको हो । यद्यपी कति कित्ता हकप्रद निष्कासन गर्ने भन्ने चाहिँ खुलाएको छैन ।

त्यसैगरी, सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट १ महिलासहित ३ जना गरी कुल ६ जना सञ्चालकको निर्वाचन गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको