चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुप लिमिटेड ले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशन (आईपीओ) ल्याउने प्रक्रिया अघि बढाएको छ। कम्पनीको आइतबार सम्पन्न पहिलो वार्षिक साधारणसभाले आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरेसँगै अब कम्पनी पूँजी बजारमा प्रवेश गर्ने दिशामा अगाडि बढेको हो।
कम्पनीका अनुसार हाल अधिकृत पुँजी ५० करोड रुपैयाँ कायम रहेको छ। आईपीओ निष्काशनसम्बन्धी प्रस्ताव पारित भएसँगै अब आवश्यक नियामकीय प्रक्रिया पूरा गरी सर्वसाधारणलाई सेयर जारी गर्ने तयारी गरिने जनाइएको छ।
साधारणसभाले आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको चार प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत स्वीकृत गरेको कम्पनी सचिव अन्जल श्रेष्ठले जानकारी दिए।
यसैगरी, कम्पनीको नयाँ सञ्चालक समिति पनि निर्विरोध रूपमा चयन गरिएको छ। निर्वाचित सञ्चालकहरूमा राजन श्रेष्ठ, रामराजा आचार्य, प्रकाशमान श्रेष्ठ, धीरेन्द्र श्रेष्ठ, शङ्कर महर्जन र वीरेन्द्र श्रेष्ठ रहेका छन् भने स्वतन्त्र सञ्चालकमा आस्था अमात्य चयन भएकी छन्।
साधारणसभाले कम्पनीका अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन समेत पारित गरेको छ।
चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुप होल्डिङ कम्पनीका रूपमा विभिन्न क्षेत्रका कम्पनीहरूमा लगानी गर्दै आएको छ। कम्पनीले कृषि, आतिथ्य, उत्पादन तथा एग्रो व्यवसायसँग सम्बन्धित विभिन्न परियोजनामा लगानी विस्तार गरेको जनाएको छ।
हाल कम्पनीले इन्द्रेणी मशरुम फार्म, द निलय होटल्स लिमिटेड, काउले भाइनियार्ड एग्रो, एभरेष्ट कलर तथा मेरो किसानलगायत संस्थामा लगानी गरेको अध्यक्षले जानकारी दिएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस