Like us!
Follow us!
Connect us!
Watch us!

धौलागिरी लघुवित्तको सातौं साधारण सभा सम्पन्न

अर्थ संसार

बुधबार, २३ बैशाख २०८३, १७ : २१ मा प्रकाशित

धौलागिरी लघुवित्तको सातौं साधारण सभा सम्पन्न

धौलागिरी लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको सातौ वार्षिक साधारण सभा वैशाख २२ गते शनिबार धौलागिरी सामुदायिक श्रोत विकास केन्द्रको सभाहल बागलुङ नगरपालिका ४ उपल्लाचौर, बागलुङमा भएको हो ।

सभामा वित्तीय संस्थाका अध्यक्ष सिर्जना थापाको अध्यक्षतामा अपरान्ह ३ बजे सम्पन्न भएको थियो । सभामा कम्पनी ऐन, २०६३ को दफा ८० (१) बमोजिम सातौं वार्षिक साधारण सभामा उपस्थित शेयर धनीहरुको संख्या, वार्षिक आर्थिक विवरण, संचालक समिति र लेखा परिक्षकको प्रतिवेदन, संस्थागत सुशासन सम्बन्धि अनुपालना प्रतिवेदन, कम्पनी ऐन २०६३ को दफा १०९ (४) अनुसारको अतिरिक्त विवरण, धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम २६ को उपनियम २ सँग सम्बन्धित अनुसूची १५ बमोजिमको विवरण प्रस्तुत गरिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको