Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया क्यापिटलले नयाँ म्युचुअल फण्ड सञ्चालन गर्ने, बाेर्डमा दियाे निवेदन

अर्थ संसार

शुक्रबार, २५ असार २०७८, १५ : १८ मा प्रकाशित

एनआईसी एशिया क्यापिटलले नयाँ म्युचुअल फण्ड सञ्चालन गर्ने, बाेर्डमा दियाे निवेदन

एनआईसी एशिया  क्यापिटल लिमिटेडले नयाँ म्युचुअल फण्ड सञ्चालन गर्ने भएकाे छ । क्यापिटलले "एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड" नामक म्युचुअल फण्ड निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन गरेकाे छ । याे बन्दमुखी योजना हो । 

क्यापिटलले प्रतिइकाई मूल्य १० रुपैयाँ दरको १० करोड इकाई निष्कासन गर्न सेबाेनमा निवेदन पेश गरेकाे हाे ।

याे क्यापिटलकाे पाँचौ योजना हाे । यसअघि नै कम्पनीले  एनआईसी एशिया ब्यालेन्स फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया डाइनामिक डेब्ट फण्ड र एनआईसी एशिया सेलेक्ट ३० फण्ड सञ्चालन गरिसकेकाे छ । 

एनआईसी एशिया कयापिटलले हालै मात्र अर्थात् असार १० गते, बिहिबारबाट असार १४ गते, साेमबारसम्म ‘एनआईसी एशिया सेकेक्ट–३० (इन्डेक्स फन्ड)’  नाममा प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाईहरु निष्कासन गरेको थियाे । 

60e80fdac3fe0.jpg

याे पनि :

मार्केट भन्दा धेरै लगानी रिटर्न NIC Asia Select 30 ले गर्ने

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको