Like us!
Follow us!
Connect us!
Watch us!

विश्वभर ३ अर्ब ३५ करोड डोज खोप लगाइयो

अर्थ संसार

शुक्रबार, २५ असार २०७८, १७ : ०५ मा प्रकाशित

विश्वभर ३ अर्ब ३५ करोड डोज खोप लगाइयो

विश्वभर तीन अर्ब ३५ करोड ६२ लाख ४७ हजार ३२१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् ।

चीनमा एक अर्ब ३४ करोड २३ लाख ८१ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ३७ करोड २२ लाख ५५ हजार ७८६ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । अमेरिकामा ३३ करोड १२ लाख २ हजार ६४१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा दश करोड ३८ लाख २४ हजार ८५४ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ ।

बेलायतमा आठ करोड ४ लाख ७२ हजार ५४४ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जर्मनीमा सात करोड ९७ लाख २९ हजार २५१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । पोल्याण्डमा छ करोड ११ लाख ३७ हजार २३९ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । फ्रान्समा पाँच करोड ७९ लाख ४२ हजार ३६५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

टर्कीमा पाँच करोड ६४ लाख १६ हजार १७३ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली पाँच करोड ६० लाख ४७ हजार ९४८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । (रासस/एएफपी)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको