Like us!
Follow us!
Connect us!
Watch us!

यी वृद्ध जसले लगाए काेभिडविरुद्धकाे ९० डोज खोप

अर्थ संसार

विहीबार, २४ चैत्र २०७८, १२ : २६ मा प्रकाशित

यी वृद्ध जसले लगाए काेभिडविरुद्धकाे ९० डोज खोप

जर्मनीमा एक ६१ वर्षीय पुरुषले आफ्नो शरीरमा कोभिडको ९० डोज लगाएको बताएका छन् । खोप लगाउन नचाहने मानिसहरूलाई खोप प्रमाणपत्र बेचेर पैसा कमाउन सकियोस् भनेर उनले खोप लगाएको बताइएको छ । 

नाम सार्वजनिक नगरिएका पूर्वीजर्मनीको म्याक्डेबर्गका ती व्यक्तिले यसै महिनाको सुरुमा पक्राउ पर्नुअघि पूर्वीराज्य स्याक्सोनका विभिन्न खोप केन्द्रहरूमा पुगेर ९० पटक खोप लगाएका थिए ।  खोप लगाउन आग्रह गर्दै लगातार दोस्रो दिन स्याक्सनीको आइलेनबर्गमा रहेको खोप केन्द्रमा पुग्दा अन्ततः उनका क्रियाकलाप ‘एक्सपोज’ भएका थिए । 

खोप लगाउन नचाहने व्यक्तिहरूलाई वास्तविक खोप ब्याच नम्बरसहितको नक्कली खोप कार्डहरू बेच्न उनले बारम्बार कोभिड-१९ का खोपहरू लगाइरहेका थिए । 

फ्रि प्रेस पत्रिकाका अनुसार ६१ वर्षीय ती वृद्धाले दिनमा तीनपटकसम्म खोप लगाएका थिए । स्याक्सोनी राज्यमा मात्र उनले कोभिडविरुद्ध ८७ पटक खोप लगाएका थिए । 

फरक फरक ब्रान्डका ९० डोज खोप लगाउँदा उनलाई कस्तो असर रह्यो भन्नेबारेमा केही प्रष्ट पारिएको छैन । खोप लगाउन जाँदा उनले हरेक पटक आफ्नो साथमा नयाँ, खाली खोप कागजात लैजाने गर्थे । खोप लगाएपछि उनले ब्याच नम्बरहरूको जानकारीसहितका पृष्ठहरू हटाएर खोप नलगाइ खोपको प्रमाणपत्र देखाउन चाहने व्यक्तिहरूलाई बेचिदिएका थिए ।

खोप अपोइन्टमेन्टका लागि उनले आफ्नो नाम र जन्ममिति प्रयोग गरेर दर्ता गर्थे । तर अपोइन्टमेन्टहरूमा कहिल्यै आफ्नो स्वास्थ्य वीमा कार्ड प्रस्तुत गरेनन्, जसका कारण उनीतर्फ शंकाको सुई तेर्सिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको