Like us!
Follow us!
Connect us!
Watch us!

वैशाख १० सम्म पूर्ण खोपको व्यवस्था गर्न सरकारलाई निर्वाचन आयोगको निर्देशन

अर्थ संसार

मंगलबार, १७ फागुन २०७८, ०६ : ४८ मा प्रकाशित

वैशाख १० सम्म पूर्ण खोपको व्यवस्था गर्न सरकारलाई निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोगले स्थानीय चुनावका लागि वैशाख १० सम्म कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

आयोगको सोमबार बसेको बैठकले वैशाख ३० मा हुन लागेको स्थानीय चुनावलाई ध्यानमा राखेर यस्तो निर्देशन दिने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका अनुसार  ५९.९ प्रतिशतले पुर्ण मात्रा खोप लगाएका छन् भने पहिलो मात्र लगाउनेको संख्या कुल जनसंख्याको  ७३.९ प्रतिशत  रहेको मन्त्रालयले जनाएको छ । अहिले वुस्टर जोड लगाउने क्रमसमेत चलिरहेको छ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि ८० वटा राजनीतिक दलले आयोगमा निवेदन दिएको जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको