स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ६९ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार १० हजार ४ सय १७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट एक हजार ३ सय ५३ जनामा र एन्टिजेन विधिबाट ८ सय १६ जनामा गरि कूल २ हजार १ सय ६९ जनामा काेराेना संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी, बितेको २४ घण्टामा २२ जना संक्रमितको मृत्यू भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ४ सय ३२ जना निकाे भएर घर फर्किएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस