Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकले फेरि ल्यायो ३ कम्पनीको सेयर लिलामीमा, कुनको मूल्य कति ?

अर्थ संसार

आइतबार, २७ असार २०७८, ११ : २२ मा प्रकाशित

एनआईसी एशिया बैंकले फेरि ल्यायो ३ कम्पनीको सेयर लिलामीमा, कुनको मूल्य कति ?

एनआईसी एशिया बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेको ३ वटा कम्पनीकाे संस्थापक समूहकाे सेयर आज (असार २७ गते, आइतबार) बाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ । 

बैंकले मेराे माइक्राेफाइनान्सकाे ५६ हजार ८ सय ३८ कित्ता सेयर, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ७३ हजार ७ सय ६५ कित्ता र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ५३ हजार ७० कित्ता संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे । 

कुनकाे मूल्य कति ?

मेराे माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड = ५३४ रुपैयाँ

आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड = ४७३ रुपैयाँ

महुली लघुवित्त वित्तीय संस्था लिमिटेड = ७५२ रुपैयाँ

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले आज (असार २७ गते, आइतबार) बाट असार ३१ गतेसम्म बोलपत्र पेश गर्नुपर्नेछ ।

कति दिने आवेदन ?

लगानीकर्ताले महुली लघुवित्तबाहेक अन्य ३ वटा कम्पनीकाे सेयरमा न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । महुली लघुवित्तकाे सेयरमा भने न्युनतम  ५ सय कित्ताका लागि आवेदन दिन सकिनेछ । 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडकाे केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको