Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड समस्यामुक्त,एक सय मेगावाट क्षमताको आयोजना बनाउँदै

मंगलबार, १६ जेठ २०७४, १३ : २३ मा प्रकाशित

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड समस्यामुक्त,एक सय मेगावाट क्षमताको आयोजना बनाउँदै

अर्थ संसार, काठमाडौँ - विगत १५ वर्षमा लगानिकर्तालाई प्रतिफल दिन नसकेको नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड समस्यामुक्त भएको छ ।

चार वर्षअघि नयाँ व्यवस्थापनले कम्पनी जिम्मेवारी लिएपछि आर्थिक एवम् थुप्रै कानुनी समस्या समाधान हुनुका साथै कम्पनी चुस्तदुरुस्त रुपमा सञ्चालन हुने अवस्थामा पुगेको छ  । अब आउने सञ्चालक समितिलाई काम गर्ने वातावरण तयार भएको कम्पनीका अध्यक्ष कुमार पाण्डेले बताए ।

चाँडै सञ्चालक समितिको निर्वाचन हुँदैछ । कम्पनीको सम्पूर्ण ऋण चुक्ता भएपनि साढे ४ मेगावाटको सुनकोसी आयोजनाको दायित्व व्यहोर्नु पर्दा अझै रु १८ करोड ऋण रहेको उनले जानकारी दिए ।

यो कम्पनीको १ वर्षको आम्दानी बराबरको रकम हो । कम्पनीले बिजुली बिक्रीबाट रु १८ करोड हाराहारीमा आम्दानी गर्दै आएको छ ।कम्पनीको आर्थिक वर्ष ०६३/०६४ को वार्षिक साधारणसभा गर्न बाँकी छ । कम्पनी राजिष्टार कार्यालयले समेत साधारणसभा गर्न निर्देशन दिइसकेको छ ।  

कम्पनीलाई सुधारेको बताउँदै  पाण्डेले थप काम पूरा गर्न एक पटक सञ्चालक समितिमा जाने इच्छा देखाएका छन् । आगामी ४ वर्षमा थप १ सय मेगावाट जलविद्युत आयोजना बनाउने क्षमताका नेसनले पुगेको उनको भनाइ छ । आगामी  ४ वर्षका लागि व्यवसायिक योजना समेत तयार भएको छ । कम्पनीको १ करोड ३८ लाख कित्ता सेयर रहेको छ ।

कम्पनीले सेयरधनीलाई धेरै लाभांश दिन नसक्ने भन्दै उनले भोजपुरमा रहेको १४ मेगावाटको इन्खुवाखोला आयोजनाको लाइसेन्स पाएपछि कम्पनीका लगानीकर्ताले सेयरबाट राम्रो प्रतिफल पाउन सक्ने उनको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको