Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफसहित नेप्सेमा २ कम्पनीकाे बोनस सूचिकृत, हेर्नुस् कुनको कति कित्ता ?

नेप्से

आइतबार, २७ असार २०७८, १२ : २१ मा प्रकाशित

नेपाल लाइफसहित नेप्सेमा २ कम्पनीकाे बोनस सूचिकृत, हेर्नुस् कुनको कति कित्ता ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) विभिन्न २ वटा कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार डिप्राेक्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १५ प्रतिशत बाेनस बापतकाे १५ लाख ८ हजार एक सय ५० दशमलव ३६१८ कित्ता सेयर सूचिकृत भएको हाे ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट संस्थाका सेयरधनीहरुलाई १५ प्रतिशतले हुन आउने बोनस सेयर र ५ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । 

उक्त लाभांश चैत्र २० गते चितवनको सौराहास्थित होटेल मोनालिसामा सम्पन्न भएकाे संस्थाकाे १९औँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । 

संस्थाले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि चैत १० गतेदेखि २० गतेसम्म बुकक्लोज गरेकाे थियाे ।  त्यसैले चैत ९ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । 

60ea92baab990.jpg 

त्यसैगरी, नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ३१ प्रतिशत बाेनस बापतकाे एक कराेड ७० लाख ३८ हजार ९८ दशमलव ५१ कित्ता सेयर सूचिकृत भएकाे हाे । 

कम्पनीले आर्थिक वर्ष २०७५/७६ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ३१ प्रतिशत बोनस शेयर र २०  प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । 

उक्त लाभांश माघ २८ गते, बुधबार, होटल भिष्वा, वीरगञ्जमा सम्पन्न भएकाे कम्पनीकाे बीसाैँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनको लागि माघ १४ गतेदेखि माघ २८ गतेसम्म बुकक्लोज गरेको थियाे । त्यसैले,  माघ १३ गते, मंगलबारसम्म कायम शेयरधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । 

60ea92b5701a3.jpg

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको