Like us!
Follow us!
Connect us!
Watch us!

पूर्वीय दर्शनका अध्येता डा.शुक्रराज अधिकारीलाई संस्कृति विधामा गण्डकी प्रतिभा पुरस्कार

अर्थ संसार

सोमबार, २८ असार २०७८, ०८ : ४४ मा प्रकाशित

पूर्वीय दर्शनका अध्येता डा.शुक्रराज अधिकारीलाई संस्कृति विधामा गण्डकी प्रतिभा पुरस्कार

नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाली संस्कृति, भाषा, साहित्य, कला, संगीत क्षेत्रका विभिन्न प्रतिभाहरूलाई पुरस्कृत गरेको थियो । गत शुक्रबार (असार २५ गते) प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न विधाहरूमा पुरस्कृत प्रतिभाहरूलाई विभिन्न पुरस्कारबाट सम्मानित गरेका थिए ।

त्यसैक्रममा संस्कृति विधामा गण्डकी प्रतिभा पुरस्कारबाट पूर्वीय दर्शनका अध्येता डा.शुक्रराज अधिकारी सम्मानित भएका छन् । विगत दुई दशकदेखि पूर्वीय दर्शन, वैदिक संस्कृतिका बारेमा खोज अनुसन्धानमा संलग्न अधिकारीले वेदकालीन समाजमा लैङ्गिकताको निर्माण विषयमा विद्यावारिधि गरेका छन् ।

लेखनाथ साहित्य प्रतिष्ठान, जमर्को नेपाल, अलिमिया वाङ्गमय प्रतिष्ठान लगायतका विभिन्न संघ संस्थाका संस्थापक रहेका अधिकारीका विभिन्न राष्ट्रिय, अन्तराष्ट्रिय जर्नलहरूमा दर्जनौँ अनुसन्धानमुलक लेखहरू प्रकाशित भएको छ ।

डा.अधिकारी हाल त्रिभुवन विश्वविद्यालय, सामाजिक कार्य विभागको प्रमुख प्रमुख पनि रहेका छन् ।

60ebb1e9c9306.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको