Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल हाईड्रोको साधारण सभा सम्पन्न, आगामी आर्थिक वर्षसम्म २० प्रतिशत लाभांश दिने प्रक्षेपण

अर्थ संसार

विहीबार, ३१ असार २०७८, १३ : ३० मा प्रकाशित

नेशनल हाईड्रोको साधारण सभा सम्पन्न, आगामी आर्थिक वर्षसम्म २० प्रतिशत लाभांश दिने प्रक्षेपण

नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडकाे २४औं वार्षिक साधारण सभा आज (असार ३१ गते, बिहीबार) कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट सम्पन्न भएकाे छ ।

सभामा सञ्चालक समितिकाे तर्फबाट कम्पनीका अध्यक्ष कुमार पाण्डेद्वारा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिएकाे छ । कार्यक्रममा बाेल्दै कम्पनीका अध्यक्ष पाण्डेले आगामी आर्थिक वर्षसम्म यस कम्पनीका सेयरधनीहरूलाई २० प्रतिशत लाभांश दिने प्रक्षेपण गरिएकाे जानकारी दिएका छन् ।

सभाले लाेअर इर्खुवा हाइड्राेपावर कम्पनी लिमिटेडले आयाेजना निर्माण गर्न लिएकाे ॠणमा कर्पाेरेट ग्यारेन्टी दिने सम्बन्धमा गत फागुन २ गते सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय पनि सभामा अनुमाेदन गरिएकाे छ ।

यसका साथै, सभामा आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू तथा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डाहरू छलफल गरी पारित गरिएकाे छ ।

सभाले नेशनल हाइड्राेपावर कम्पनी लिमिटेडमा अन्य हाइड्राे कम्पनीलाई मर्जर तथा एक्विजिशनमा लिने सम्बन्धमा आवश्यक निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको