Like us!
Follow us!
Connect us!
Watch us!

एक्सेल डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

शुक्रबार, ०१ साउन २०७८, १४ : २२ मा प्रकाशित

एक्सेल डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे छ । बैंकका संस्थापक सेयरधनीहरूले आफ्नाे नाममा रहेकाे ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले संस्थाले उक्त सेयरहरू बिक्री गर्न लागेकाे हाे ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंककाे केन्द्रिय कार्यालय, विर्तामाेड, झापामा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60f1499020c42.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको