Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ६ कम्पनीकाे सेयर सूचिकृत, हेर्नुस् कुनकाे कति कित्ता ?

नेप्से

शनिबार, ०२ साउन २०७८, ०८ : ४२ मा प्रकाशित

नेप्सेमा ६ कम्पनीकाे सेयर सूचिकृत, हेर्नुस् कुनकाे कति कित्ता ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता विभिन्न ६ वटा कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । स्टकका अनुसार एक कम्पनीकाे हकप्रद सेयर, ४ कम्पनीकाे बाेनस सेयर र विकास ऋणपत्र यस साता नेप्सेमा सूचिकृत भएकाे हाे ।

डिप्राेक्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १५ प्रतिशत बाेनस बापतकाे १५ लाख ८ हजार एक सय ५० दशमलव ३६१८ कित्ता सेयर सूचिकृत भएको हाे ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट संस्थाका सेयरधनीहरुलाई १५ प्रतिशतले हुन आउने बोनस सेयर र ५ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । 

उक्त लाभांश चैत्र २० गते चितवनको सौराहास्थित होटेल मोनालिसामा सम्पन्न भएकाे संस्थाकाे १९औँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । 

संस्थाले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि चैत १० गतेदेखि २० गतेसम्म बुकक्लोज गरेकाे थियाे ।  त्यसैले चैत ९ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।  

नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ३१ प्रतिशत बाेनस बापतकाे एक कराेड ७० लाख ३८ हजार ९८ दशमलव ५१ कित्ता सेयर सूचिकृत भएकाे हाे । 

कम्पनीले आर्थिक वर्ष २०७५/७६ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ३१ प्रतिशत बोनस शेयर र २०  प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । 

उक्त लाभांश माघ २८ गते, बुधबार, होटल भिष्वा, वीरगञ्जमा सम्पन्न भएकाे कम्पनीकाे बीसाैँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनको लागि माघ १४ गतेदेखि माघ २८ गतेसम्म बुकक्लोज गरेको थियाे । त्यसैले,  माघ १३ गते, मंगलबारसम्म कायम शेयरधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । 

महालक्ष्मी विकास बैंक लिमिटेडकाे ८.८० प्रतिशत बाेनस बापतकाे २७ लाख ३ हजार ४ सय १३ दशमलव ९६ कित्ता सेयर सूचिकृत भएको हाे । 

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट बैंकका शेयरधनीहरुलाई  ८.८० प्रतिशतले हुन आउने बोनस सेयर र बाँकी ०.४६ प्रतिशतले हुन आउने नगद (कर प्रयोजनार्थ) गरी कुल ९.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।

उक्त लाभांश चैत्र १३ गते, शुक्रबार बैंकको रजिष्टर्ड कार्यालय, दरबारमार्ग काठमाडौंमा सम्पन्न भएकाे बैंककाे १९औं वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि चैत्र ३ गतेदेखि बुकक्लाेज गरेकाे थियाे । त्यसैले, चैत्र २ गते, साेमबारसम्म नेप्सेमा काराेबार भइ कायम रहेका शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । 

प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे १० लाख ५६ हजार २ सय ७४ दशमलव ८४४ कित्ता सेयर सूचिकृत भएको हाे । 

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।

उक्त लाभांश जेठ ६ गते, बिहीबार काठमाडौंको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा सम्पन्न भएकाे कम्पनीकाे  २५ औँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि वैशाख २६ गतेदेखि बुकक्लोज गरेको .थियाे । त्यसैले, वैशाख २३ गते, बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त लाभांश प्राप्त गर्नेछन् ।

नेपाल सरकारकाे तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेकाे विभिन्न ५ वटा विकास ऋणपत्र नेप्सेमा सूचिकृत भएको हाे । जसमध्ये, २०८४ "घ" काे १० अर्ब, २०८३ "ग" काे १० अर्ब, २०८४ "ङ" काे १० अर्ब, २०८५ "घ" काे १० अर्ब र २०८५ "ङ" काे १० अर्ब रूपैयाँ बराबरकाे विकास ऋणपत्र सूचिकृत भएको हो ।

नेप्सेले धितोपत्र सूचिकरण विनियमावली २०७५, काे विनियम ८ अनुसार उक्त  ऋणपत्रहरू सूचिकृत गरेकाे हाे ।

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे ५० प्रतिशत हकप्रद बापतकाे ५२ लाख ४१ हजार एक सय ९७ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले वैशाख ६ गतेबाट आफ्ना लगानीकर्तालाई १ बराबर ०.५ को अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरकाे ५२ लाख ४१ हजार एक सय ९७ सय कित्ता हकप्रद सेयर निष्कासन गरेकाे थियाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको