Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रीको अभिव्यक्ति पछि सेयर बजारमा उछाल, कारोबार रकमको बलियो साथ

नेप्से

आइतबार, ०३ साउन २०७८, १५ : ०४ मा प्रकाशित

अर्थमन्त्रीको अभिव्यक्ति पछि सेयर बजारमा उछाल, कारोबार रकमको बलियो साथ

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले नेपालको पुँजीबजारको विकास का लागि सरकार सकारात्मक रहेको, बजारलाई नकारात्मक असरगर्ने कुनै पनि काम आँफुले नगर्ने र बजारलाई महत्वका साथ हेरिने अभिव्यक्ति पछि आज आईतबार नेपालको सेयर बजारमा सकारात्मक उछाल आएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज आईतबार सेयर कारोबार मापक नेप्से परिसूचक ९७.२१ अंकले बढेर २९८०.६१ मा पुगेको छ । नेप्से ३.३७ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक भने १९.५५ अंकले बढेर ५६०.९६ मा पुगेको छ ।

कूल २२१ वटा कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार ४ सय ९३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १३ वटै उपसमूहको परिसूचक बढेको छ ।

आज विकास बैक र वाणिज्य बैंक उपसमूहमा कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढेको देखिएको छ । आज आज यी समूहको उपसुचक क्रमश ५.०५ र ४.७१ प्रतिशतले बढेको छ ।


आज सर्वाधिक कारोबार हुने १० कम्पनीहरूमा क्रमशः मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेड, नबिल बैंक लिमिटेड, अरुण भ्याली हाइड्रोपावर कम्पनी, एनआईसी एशिया बैंक लिमिटेड, कामना सेवा विकास बैंक, सिद्धार्थ बैंक, नेपाल बंगलादेश बैंक, हिमालयन डिष्टीलरी लिमिटेड, सानिमा बैंक र नेपाल बैंक लिमिटेड रहेका छन् ।

आईतबार सर्वाधिक नाफा कमाउने १० कम्पनीहरूमा क्रमशः हिमालयन पावर पार्टनर, सिंगटी हाइड्रोपावर कम्पनी, सिन्धु डेभलपमेन्ट बैंक, न्यादी ग्रुप पावर कम्पनी, सम्बृद्धि फाइनान्स,सिद्धार्थ बैंक, महालक्ष्मी विकास बैंक, एक्सल डेभलपमेन्ट बैंक, पाँचथर पावर कम्पनी र एनआइसी एसिया बैंक कम्पनी लिमिटेड रहेका छन् ।

आईतबार सर्वाधिक नोक्सानी व्याहोर्ने १० कम्पनीहरूमा क्रमशः एनआईबिएल सम्बृद्धि फण्ड २, गुडविल फाइनान्स डिबेन्चर २०८३, ग्लोबल आईएमई बैंक २०८० ८१, कुमारी इक्विटी फण्ड, एडिबिएल डिबेन्चर २०८३, एनआइसी एसिया डिबेन्छर८३८४, एसबिएल डिबेन्चर२०८४, सनराईज डिबेन्चर २०८०, सानिमा लार्ज क्याप र मल्टीप्रपोज फाइनान्स कम्पनी रहेकाछन् ।

असार सकिएसँगै ठूला व्यवसायीहरूको कर तिर्ने चाप पनि घटेको छ । त्यसैले पनि अब सेयर बजार बढ्ने संकेत देखिएको छ । मौद्रिक नीति सार्वजनिक गर्ने समय पनि नजिकिएको छ भने अर्थमन्त्री सेयरबजार प्रति सकारात्कम देखिएकाले मौद्रिक निति पनि सेयर बजारप्रति सकारात्कम नै आउने लगानीकर्ताहरुको प्रक्षेपण छ । यो सकारात्मक भएमा बजार अझै माथि जाने देखिन्छ । अहिले बैंक र इन्स्योरेन्सहरूको कमाइ पनि राम्रो छ । अब असार सकिएपछि फेरि सूचीकृत कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरणहरू पनि धमाधम सार्वजनिक हुन थालेको छ । 
 

60f3fa090514d.JPG 60f3fa0907f1c.JPG 60f3fa094a2b5.JPG 60f3fa095045f.JPG 60f3fa0993e0d.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको