Like us!
Follow us!
Connect us!
Watch us!

देउवाले विश्वासको मत पाएसँगै बढ्यो लगानीकर्ताको विश्वास, उकालो लाग्दै कारोबार रकम

अर्थ संसार

सोमबार, ०४ साउन २०७८, १५ : ०१ मा प्रकाशित

देउवाले विश्वासको मत पाएसँगै बढ्यो लगानीकर्ताको विश्वास, उकालो लाग्दै कारोबार रकम

प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेका छन् । याे सँगै सेयर बजारमा लगानीकर्ताकाे विश्वास पनि बढेकाे देखिएकाे छ । हिजाे आइतबार प्रधानमन्त्री देउवाले राखेका विश्वासको मतको प्रस्तावमा १६५  मत प्राप्त गरेका थिए । कुल सहभागी २४९ जनामध्ये विश्वासको मतको प्रस्तावको पक्षमा १६५ मत, विपक्षमा ८३ मत र तटस्थ तटस्थ रहेका थिए।

याे सँगै राजनितिक अन्याैलता सकिएकाे छ । त्यसैले लगानीकर्ताहरूले पनि अब ढुक्क भएर बजारमा लगानी गर्न सक्नेछन् । बढ्दाे काराेबार रकमले पनि बजार बढ्ने संकेत दिएकाे छ ।

साताकाे दाेश्राे काराेबार दिन आज (साेमबार) नेप्से परिसूचक बढ्दा सेन्सेटिभ परिसूचक भने घटेकाे छ । काराेबार रकम पनि बढ्दै गइरहेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक १३.९७ अंकले बढेर २९९४.५८ मा पुगेकाे छ । नेप्से ०.४७ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक भने ०.०२ अंकले घटेर ५६०.९४ मा पुगेको छ । कूल २१९ वटा कम्पनीकाे ३ करोड ७५ लाख ७१ हजार ३ सय ५४ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६ सय ७ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

60f54bf4a6d43.jpg

60f54bfec8f29.jpg

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ५ वटा उपसमूहकाे सेयर घटेकाे छ भने बाँकी ८ वटा उपसमूहकाे परिसूचक बढेकाे छ ।

60f54c0968759.jpg

साेमबार सर्वाधिक काराेबार हुने १० कम्पनीहरूमा क्रमश : एनआईसी एशिया बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, नेपाल बङ्गलादेश बैंक लिमिटेड, राष्ट्रिय बीमा कम्पनी संस्थापक सेयर, सीनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेड, एनएमबि बैंक लिमिटेड, अरूण काबेली पावर कम्पनी लिमिटेड, मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड र ग्लोबल आईएमई बैंक लिमिटेड रहेका छन् ।

60f54c0e00c38.jpg

साेमबार सर्वाधिक नाफा कमाउने १० कम्पनीहरूमा क्रमश : सीनर्जी पावर, विशाल बजार कम्पनी, नागरिक लगानी कोष, नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन उर्जा, अरूण काबेली, हिमालयन पावर पार्टनर, एनआरएन इन्फ्रास्ट्रक्चर, साल्ट ट्रेडिङ कर्पोरेशन र कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड रहेका छन् ।

60f54c14b9d4a.jpg

साेमबार सर्वाधिक नाफा गुमाउने १० कम्पनीहरूमा क्रमश : १०.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चर २०८२, १०=२५ प्रतिशत सनराइज बैंक डिबेञ्चर २०८३, एभरेष्ट इन्स्याेरेन्स संस्थापक सेयर, मञ्जुश्री फाइनान्स, हाइड्राेइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, अारएमडिसी लघुवित्त, गाेर्खाज फाइनान्स, लिबर्टी इनर्जी, घलेम्दी हाइड्राे र श्री इन्भेष्टमेन्ट फाइनान्स रहेका छन् ।

60f54c1a1af09.jpg

याे पनि हेर्नुहाेस् :

Technical Forecast :Shrawan 3-7

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको