Like us!
Follow us!
Connect us!
Watch us!

भाेलि सेयर बजार बन्द हुने

नेप्से

मंगलबार, ०५ साउन २०७८, १० : ५८ मा प्रकाशित

भाेलि सेयर बजार बन्द हुने

भाेलि (श्रावण ६ गते, बुधबार) धिताेपत्रकाे दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बन्द हुने भएकाे छ । सरकारले भाेलि सार्वजनिक बिदा दिने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा भाेलि श्रावण ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हाे ।

सरकारले सार्वजनिक बिदा दिने घाेषणा गरेसँगै बजार पनि बन्द हुने भएकाे नेप्सेका प्रवक्ता मुरहारी पराजुलीले जानकारी दिएका छन् ।

हिजाे साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक १३.९७ अंकले बढेर २९९४.५८ मा पुगेकाे थियाे । यस्तै सेन्सेटिभ परिसूचक भने ०.०२ अंकले घटेर ५६०.९४ मा पुगेको थियाे । कूल २१९ वटा कम्पनीकाे ३ करोड ७५ लाख ७१ हजार ३ सय ५४ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६ सय ७ रुपैयाँको कारोबार भएकाे थियाे ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको