Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ८० हजार कित्ता बोनस सूचिकृत

नेप्से

मंगलबार, ०५ साउन २०७८, १२ : ५४ मा प्रकाशित

नेप्सेमा ८० हजार कित्ता बोनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) एक कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १४ प्रतिशत बाेनस बापतकाे ८० हजार एक सय ४२ दशमलव २६ कित्ता सेयर सूचिकृत भएको हाे । 

नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम चुक्ता पुँजी ५ करोड ७२ लाख ४४ हजार ४ सय ७० रुपैयाँको १४ प्रतिशतले हुन आउने ८० लाख १४ हजार २ सय २६ रुपैयाँ बराबरको बोनस सेयर र  कर प्रयोजनको लागि ४ लाख २१ हजार ८ सय १ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे ।

उक्त लाभांश  असार २१ गते, साेमबार सिटिस्क्वेयर, न्यूराेड, पाेखरा, कास्कीमा सम्पन्न भएकाे संस्थाकाे पाँचाै वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।

नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेड इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडसँग गाभिँदैछ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्नका लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृती पाइसकेको छ । दुवै संस्थाबीच माघ २६ गते, आइतबार मर्जर तथा एक्वीजिशन सम्बन्धी सम्झौता भएको थियो ।

60f67708030e2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको