Like us!
Follow us!
Connect us!
Watch us!
नाफा बुक गर्न खाेज्दा बजारमा करेक्सन

९.०१ अंकले घट्यो नेप्से परिसूचक, "निरन्तर बढेको बजारमा आएकाे सामान्य करेक्सन मात्र हो"

नेप्से

मंगलबार, ०५ साउन २०७८, १४ : ५३ मा प्रकाशित

९.०१ अंकले घट्यो नेप्से परिसूचक, "निरन्तर बढेको बजारमा आएकाे सामान्य करेक्सन मात्र हो"

आज (मंगलबार) भने उकालो यात्रा तय गरेको छ । गत मंगलबारदेखि बजार निरन्तर बढिरहेको थियो । ५ दिनमा नेप्से १३९.८८ अंकले बढेकाे हाे । मंगलबार नेप्से परिसूचकसँगसँगै कारोबार रकम पनि घटेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ९.०१ अंकले घटेर २९८५.५७ विन्दुमा झरेकाे छ । नेप्से ०.३० प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक २.८२ अंकले घटेर ५५८.११ विन्दुमा पुगेकाे छ । कूल २१९ वटा कम्पनीकाे ३ कराेड १६ लाख ८ हजार एक सय ९३ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २ सय ६९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

60f69d73f147d.jpg

60f69d7896c0d.jpg

60f69d7e2d8a0.jpg

मंगलबार सर्वाधिक काराेबार हुने १० कम्पनीहरूमा क्रमश : अरूण काबेली पावर, अरूण भ्याली हाइड्राेपावर, नेपाल इन्स्याेरेन्स कम्पनी, एनआईसी एशिया बैंक, कृषि विकास बैंक, मञ्जुश्री फाइनान्स, नबिल बैंक, नेशनल हाइड्राेपावर, अपि पावर र नेपाल बैंक रहेका छन् ।

60f69d82c1647.jpg

मंगलबार सर्वाधिक नाफा कमाउने १० कम्पनीहरूमा क्रमश : लक्ष्मी उन्नती काेष, लक्ष्मी इक्विटी फण्ड, बरूण हाइड्राेपावर, माउन्टेन हाइड्राे नेपाल, ग्लोबल आईएमई सम्मुनत योजना १, एनआईसी एशिया ब्यालेन्स फण्ड, सानिमा इक्विटी फण्ड, एनआईसी एशिया ग्राेथ फण्ड, सिटिजन्स म्युचुअल फण्ड १ र सिद्धार्थ इक्विटी फण्ड रहेका छन् ।

60f69d88a2abd.jpg

मंगलबार सर्वाधिक नाफा गुमाउने १० कम्पनीहरूमा क्रमश : १२ प्रतिशत आईसीएफसी डिबेञ्चर २०८३, राष्ट्रिय बीमा कम्पनी संस्थापक सेयर, नेपाल इन्स्योरेन्स, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, पोखरा फाइनान्स, राष्ट्रिय बीमा कम्पनी, समिट लघुवित्त, सारथी नेपाल लघुवित्त, खानीखोला हाइड्रोपावर र सांग्रिला डेभलपमेन्ट बैंक रहेका छन् ।

60f69d92ebdb3.jpg

मंगलबारकाे बजार निरन्तर ५ दिन बजार बढेपछि आएकाे सामान्य करेक्सन मात्र रहेकाे लगानीकर्ता कुमार थापाले बताएका छन् । लगानीकर्ताले नाफा बुक गर्न खाेज्दा अहिले बजारमा करेक्सन देखिएकाे उनकाे दावी छ । दीर्घकालिन रूपमा सेयर बजार सकारात्मक नै हुने उनले बताए ।

याे पनि हेर्नुहाेस् :

Technical Forecast :Shrawan 3-7

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको