Like us!
Follow us!
Connect us!
Watch us!

आज सेयर बजार बन्द

नेप्से

बुधबार, ०६ साउन २०७८, ०७ : ५३ मा प्रकाशित

आज सेयर बजार बन्द

आज (श्रावण ६ गते, बुधबार) धिताेपत्रकाे दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बन्द हुने भएकाे छ । सरकारले आज सार्वजनिक बिदा दिने भएको छ ।

मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएकाे हाे ।

सरकारले सार्वजनिक बिदा दिएसँगै बजार पनि बन्द हुने भएकाे नेप्सेका प्रवक्ता मुरहारी पराजुलीले जानकारी दिएका छन् ।

हिजाे मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ९.०१ अंकले घटेर २९८५.५७ विन्दुमा झरेकाे थियाे । यस्तै, सेन्सेटिभ परिसूचक २.८२ अंकले घटेर ५५८.११ विन्दुमा पुगेकाे थियाे ।

कूल २१९ वटा कम्पनीकाे ३ कराेड १६ लाख ८ हजार एक सय ९३ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २ सय ६९ रूपैयाँ बराबरको कारोबार भएकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको