Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी इक्विटी फण्डले गर्यो लाभांश घोषणा

अर्थ संसार

विहीबार, ०७ साउन २०७८, १० : ४१ मा प्रकाशित

लक्ष्मी इक्विटी फण्डले गर्यो लाभांश घोषणा

लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्डले लाभांश घोषणा गरेको छ । फण्डले गत आर्थिक वर्ष २०७७/७८ का लागि आफ्ना इकाइधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

फण्डले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाइधनीहरुलाई ३५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने भएको छ । 

योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको सञ्चालक समितिको आज (बिहिबार) बिहान बसेको बैठकले लक्ष्मी इक्विटी फन्डका इकाइधनीहरुलाई गत आर्थिक वर्षका लागि ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यसअघि गत साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषका इकाइधनीहरुलाई गत आर्थिक वर्षका लागि २५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको थियो। 

सूचना हेर्नुहोस्: 

60f8fb0c52aaa.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको