Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी इक्विटी फन्डकाे न्याभ घट्याे, सेयर लगानी कति ?

अर्थ संसार

सोमबार, १४ भदौ २०७८, १२ : २७ मा प्रकाशित

लक्ष्मी इक्विटी फन्डकाे न्याभ घट्याे, सेयर लगानी कति ?

 लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्डले २०७८ साल साउन मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

साउन मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १३ रुपैयाँ २२ पैसामा झरेकाे छ । उक्त मूल्य असार मसान्तकाे तुलनामा २ रुपैयाँ ५९ पैसाले घटेकाे हाे । असार मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १५ रुपैयाँ ८१ पैसा रहेकाे थियो ।

त्यसैगरी, साउन मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी पनि ९३ करोड २ लाख ३ हजार रुपैयाँमा सीमित भएको छ । उक्त लगानी ११ करोड ४० लाख ३१ हजार रुपैयाँले थाेरै हाे । असार मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा १ अर्ब ४ करोड ४२ लाख ३४ हजार रूपैयाँ लगानी गरेकाे थियाे ।

त्यस्तै, लक्ष्मी इक्वीटी फण्डले विभिन्न प्रकारका ७२ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै नेपाल इन्फास्ट्रक्चर बैंक लिमिटेडको सेयरमा लगानी गरेको छ । 

यस अवधिसम्म फण्डकाे बैंक मौज्दात पनि ४४ करोड ८९ लाख ७१ हजार रूपैयाँमा सीमित छ । असार मसान्तसम्म फण्डकाे बैंक माैज्दात ७८ करोड ४३ लाख ९० हजार रूपैयाँ रहेकाे थियाे ।

फण्डले सार्वजनिक गरेकाे साउन मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

612c809b09f86.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको