Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फण्डले ताेके बुकक्लाेज मिति

अर्थ संसार

विहीबार, २५ साउन २०८०, १० : ४६ मा प्रकाशित

लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फण्डले ताेके बुकक्लाेज मिति

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फण्डले लाभांश वितरण गर्नका लागि बुकक्लाेज मिति ताेकेका छन् ।

दुवै फण्डले नगद लाभांश वितरण गर्नका लागि साउन ३२ गते, बिहीबार बुकक्लोज गर्ने भएका छन् । त्यसैले, साउन ३१ गते, बुधबारसम्म नेपाल स्टक एक्सचेञ्जमा काराेबार भई कायम हुने सेयरधनीहरुले मात्रै यी दुई फण्डले प्रदान गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । 

आर्थिक वर्ष २०७९/८० का लागि लक्ष्मी उन्नति कोषका इकाइधनीहरुलाई ९.५ प्रतिशत नगद लाभांश (करसहित) र लक्ष्मी इक्विटी फण्डका इकाइधनीहरुलाई ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरिएको छ । 

दुवै फण्डकाे योजना व्यवस्थापकमा लक्ष्मी क्यापिटल मार्केट रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको