लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्डले २०७८ साल फागुन मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।
फागुन मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १२ रुपैयाँ ३५ पैसामा झरेकाे छ । उक्त मूल्य माघ मसान्तकाे तुलनामा ४५ पैसाले घटेकाे हाे । माघ मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १२ रुपैयाँ ८० पैसा रहेकाे थियो ।
त्यसैगरी, फागुन मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी भने १ अर्ब ३ करोड ७० लाख रुपैयाँ पुगेको छ । उक्त लगानी ९९ करोड ४२ लाख रुपैयाँले धेरै हाे । माघ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ९९ करोड ४२ लाख ९८ हजार रूपैयाँ लगानी गरेकाे थियाे ।
त्यस्तै, लक्ष्मी इक्वीटी फण्डले विभिन्न प्रकारका ८७ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस