Like us!
Follow us!
Connect us!
Watch us!

चम्कियाे सेयर बजार !

नेप्से

विहीबार, ०७ साउन २०७८, १५ : ०९ मा प्रकाशित

चम्कियाे सेयर बजार !

साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) सेयर बजार चम्किएकाे छ । नेप्से परिसूचक ३००० विन्दु नाघ्दा ११ अर्ब भन्दा धेरैकाे काराेबार भएकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक १८.७५ अंकले बढेर ३००४.३१ विन्दुमा पुगेकाे छ । नेप्से ०.६३ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ४.०६ अंकले बढेर ५६२.२४ मा पुगेको छ ।

कूल २२२ वटा कम्पनीकाे ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६ सय १६ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

60f940298aa86.jpg

60f9402f84ba8.jpg

काराेबार भएका कूल १३ उपसमूहमध्ये ५ वटा उपसमूहकाे सेयर बढेको छ भने बाँकी ८ वटा उपसमूहकाे सेयर घटेको छ ।

60f940349fc27.jpg

त्यसैगरी, बिहिबार ४ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । अन्य ३ वटा कम्पनीकाे सकारात्मक सर्किट लेभलमा काराेबार भएकाे छ ।

बिहीबार सर्वाधिक काराेबार हुने १० कम्पनीहरूमा क्रमश : कृषि विकास बैंक, नेपाल बैंक, एनआईसी एशिया बैंक, ङादी ग्रुप पावर, सिद्धार्थ बैंक, मञ्जुश्री फाइनान्स, अरूण काबेली, नबिल बैंक, अरूण भ्याली र सानिमा बैंक रहेका छन् ।

60f940394ae56.jpg

बिहीबार सर्वाधिक नाफा कमाउने १० कम्पनीहरूमा क्रमश : लक्ष्मी उन्नती काेष (१०.०४%), ङादी ग्रुप पावर (१०%), सिइडिबी हाइड्राेपावर (१०%), माउन्टेन हाइड्राे नेपाल (१०%), पाेखरा फाइनान्स (९.९५%), लक्ष्मी इक्विटी फण्ड (९.५३%), ग्लोबल आईएमई सम्मुनत योजना १ (९.५०%), सिटिजन म्युचुअल फण्ड २ (८.८७%), सिटिजन म्युचुअल फण्ड १ (८.८३) र ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेड (८.१२) रहेका छन् ।

60f9403e12a11.jpg

बिहीबार सर्वाधिक नाफा गुमाउने १० कम्पनीहरूमा क्रमश : एभरेष्ट इन्स्याेरेन्स संस्थापक सेयर, हिमालयन पावर पार्टनर, बरूण हाइड्राेपावर, विशाल बजार, सारथी नेपाल लघुवित्त, सप्तकाेशी डेभलपमेन्ट बैंक, सिभिल लघुवित्त, रिडी हाइड्राेपावर, पाँचथर पावर र कर्णाली डेभलपमेन्ट बैंक रहेका छन् । 

60f9404421642.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको