Like us!
Follow us!
Connect us!
Watch us!

स्वदेशी लगानीकर्ताहरुको लगानी सम्मेलन गर्ने सरकारको योजना

अर्थ संसार

शुक्रबार, ०८ साउन २०७८, १५ : ५८ मा प्रकाशित

स्वदेशी लगानीकर्ताहरुको लगानी सम्मेलन गर्ने सरकारको योजना

अर्थमन्त्री जनार्दन शर्माले सरकारले स्वदेशी लगानीकर्ताहरुको लगानी सम्मेलन गर्ने सोंच बनाएको जानकारी दिए । 

शुक्रवार नेपाल चेम्बर अफ कमर्सको सुझावपत्र ग्रहण गर्दै उनले विदेशी लगानीकर्ताहरुको सम्मेलन गरिँदै आएकोमा अब स्वदेशी लगानी सम्मेलन गरेर अर्थतन्त्रलाई गतिशील बनाउने सोचाई आफूले बनाएको बताए । स्वदेशी लगानीकर्ताहरुलाई प्रोत्साहित गर्ने र गरीवि अन्त्य गर्ने उदेश्यका साथ स्वदेशी लगानी सम्मेलन गर्ने सोचिएको उनले बताए । 

भेटघाटको क्रममा चेम्बर अफ कमर्सले अर्थमन्त्री समक्ष २० बुँदे सझावपत्र पेश गरेको छ । चेम्बरले निजी क्षेत्रलाई कोभिड खोपमा प्राथमिकता दिनुपर्ने,कृषि क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने, निर्यात अनुदानको व्यवस्था गरिनुपर्ने, विदेशमा रोजगारी गुमाएकालाई स्वदेशमा रोजगार, नकारात्मक सूचीमा रहेका वस्तु बाहेक अन्य क्षेत्रको अन्तशुल्क हटाउनुपर्ने लगायतका सुझाव दिएको छ । 

मन्त्री शर्माले चेम्बरको सुझाव अध्ययन गरी आवश्यक निर्णय गरिने प्रतिक्रिया दिए ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको