Like us!
Follow us!
Connect us!
Watch us!

खोप प्रमाणीकरण अब चार अस्पतालबाट

अर्थ संसार

शनिबार, ०९ साउन २०७८, १५ : ४४ मा प्रकाशित

खोप प्रमाणीकरण अब चार अस्पतालबाट

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप कार्डको प्रमाणीकरणका लागि थप तीन अस्पताल तोकेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै खोप कार्ड प्रमाणीकरण हुँदै आएकामा आजदेखि पाटन अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु र सिभिल अस्पतालबाट पनि खोप कार्ड प्रमाणीकरण गर्न थालिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा तारानाथ पोखरेलले जानकारी दिए । 

उनले शुक्रराज अस्पतालमा खोप कार्ड प्रमाणीकरणका लागि भीड भएकाले थप तीन अस्पतालबाट पनि प्रमाणीकरण आजैदेखि गरिएको जानकारी दिए । थप तीन अस्पतालबाट खोप प्रमाणीकरण गर्न थालेपछि शुक्रराज अस्पतालमा भीड कम भएको छ । यसअघि शुक्रराज अस्पतालबाट मात्र खोप प्रमाणीकरण हुने भएपछि विदेश जानेको भीड रहेको थियो । 

खोप लगाइसकेपछि वैदेशिक रोजगारमा जाने र विदेशमा अध्ययन भ्रमणमा जाने विद्यार्थीलाई खोप लगाइसकेपछि खोप कार्डको प्रमाणीकरण अनिवार्य लिनुपर्ने व्यवस्था सरकार र विभिन्न देशले गरेका छन् । उनले चाँडै नै अनलाइनबाट खोप कार्ड प्रमाणीकरण गर्र्ने तयारीसमेत गरिएको जानकारी दिए । रासस 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको