Like us!
Follow us!
Connect us!
Watch us!

वाणिज्य बैंक चम्किँदा नेप्सेमा उछाल, परिसूचक सर्वाधिक उच्च विन्दुमा

नेप्से

आइतबार, १० साउन २०७८, १५ : ०० मा प्रकाशित

वाणिज्य बैंक चम्किँदा नेप्सेमा उछाल, परिसूचक सर्वाधिक उच्च विन्दुमा

सेयर बजारमा आज फेरि नयाँ रेकर्ड बनाएकाे छ । नेप्से परिसूचकले यसअघिकाे नयाँ रेकर्ड ताेड्दै अलटाइम हाइ विन्दुमा पुगेकाे हाे । आइतबार नेप्से परिसूचक ३०५८.६३ विन्दुमा पुगेकाे छ । यसअघि जेठ ३१ गते, साेमबार नेप्से परिसूचक ३०२५.८२ विन्दुमा पुगी नयाँ रेकर्ड कायम गरेकाे थियाे । नेप्सेले आज साेही विन्दु ताेडेर नयाँ रेकर्ड बनाएकाे हाे ।

नेप्से परिसूचकले नयाँ रेकर्ड बनाउँदा काराेबार रकममा पनि व्यापक उछाल आएकाे छ । पछिल्लाे समय औषतमा ६ देखि ७ अर्बको काराेबार भइरहेकाेमा आइतबार १४ अर्ब नाघेकाे हाे ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ५४.३१ अंकले बढेर ३०५८.६३ मा पुगेकाे छ । नेप्से १.८१ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ११.७४ अंकले बढेर ५७४.०२ मा पुगेको छ ।

कूल २२३ वटा कम्पनीकाे ४ कराेड ४१ लाख १४ हजार ७ सय ६० कित्ता सेयर खरिदबिक्री हुँदा १४ अर्ब ३० करोड २३ लाख ६५ हजार एक सय ४८ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

60fd341ef06b2.jpg

60fd342cc6cb1.jpg

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ११ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी २ वटा उपसमूहकाे सेयर मात्र घटेकाे छ ।

60fd343a2e661.jpg

यस दिन वाणिज्य बैंककाे समूह चम्किएकाे छ । सर्वाधिक काराेबार हुने कम्पनीहरूमा प्राय जसाे बैंक नै छन् ।

आइतबार सर्वाधिक काराेबार हुने १० कम्पनीहरूमा क्रमश : नेपाल बैंक लिमिटेड, ग्लाबेल आईएमई बैंक, एनसीसी बैंक, अरूण काबेली पावर, एनआईसी एशिया बैंक, युनाइटेड मोदी हाइड्रोपावर, नेशनल हाइड्रोपावर, प्रभु बैंक, कुमारी बैंक र मेगा बैंक रहेका छन् ।

60fd344266b45.jpg

आइतबार ९ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । जाेशी हाइड्राेपावर, पञ्चकन्या माइ हाइड्राेपावर, युनिभर्सल पावर, विशाल बजार कम्पनी लिमिटेड, हिमालयन उर्जा कम्पनी लिमिटेड, सपाेर्ट लघुवित्त, राधी विद्युत पावर, कालिका पावर र ङादी ग्रुप पावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । 

60fd344c23e93.jpg

आइतबार सर्वाधिक नाफा गुमाउने १० कम्पनीहरूमा क्रमश : कुमारी इक्विटी फण्ड, लक्ष्मी उन्नति काेष, १० प्रतिशत लक्ष्मी बैंक डिबेञ्चर २०८६, ओरियन्टल हाेटल, प्रभु सेलेक्ट फण्ड, एभरेष्ट इन्स्याेरेन्स कम्पनी संस्थापक सेयर, सिटिजन म्युचुअल फण्ड १, सानिमा लार्ज क्याप फण्ड, एनआईसी एशिया ग्राेथ फण्ड र एनआईबीएल प्रगति फण्ड रहेका छन् ।

60fd345629b71.jpg

याे पनि :

कुन कम्पनीका सेयरमा लगानीकर्ताको आकर्षण? अब के होला? Forecast : Shrawan 10-14 | Share Tech Funda

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको