Like us!
Follow us!
Connect us!
Watch us!

एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत आईपिओमा आवेदन दिन सकिन

अर्थ संसार

सोमबार, ११ साउन २०७८, ०७ : ४५ मा प्रकाशित

एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत आईपिओमा आवेदन दिन सकिन

एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) एपमार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने IPO मा आवेदन दिन सकिने भएको छ । 

बैंकमार्फत डिम्याट खाता खोलेका एवं यस बैंकमा बचत खाता तथा बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकहरूले यो सेवा अनुसार IPO खुलेका शेयर तथा डिबेञ्चरहरूमा जुनसुकै स्थानबाट, जुनसुकै समयमा आवेदन दिन सक्नेछन् । Covid-19 महामारीको जोखिम कायम रहेका बेला ग्राहक महानुभावहरुलाई थप सहज एवं सरल बैंकिङ्ग सेवा दिनका लागि बैंकले हालसम्म भौतिक फारमबाट IPO आवेदन लिँदै आएकोमा अब देखि बैंकसम्म नपुगी NIC ASIA MoBank बाट IPO आवेदन दिन सकिने सुविधाको सुरुवात गरेको हो ।

यस बैंकको NIC ASIA MoBank प्रयोगकर्तारूले एप भित्र रहेको Apply Share आइकनमा ट्याप गरेर आवेदन दिन सक्नेछन् । Apply Share आइकनमा ट्याप गरेपश्चात् त्यसभित्र आईपिओ खुलेका कम्पनीहरूमध्ये आफुले चाहेको कम्पनी छनौट गरेर आवेदन दिनुपर्नेछ । त्यसपछि आफुले इच्छाएको कित्ता संख्या उल्लेख गर्ने र सो बाहेकको स्वचालित रुपमा देखिएको विवरण पक्का गरी कम्पनीको शर्त तथा नियम पालना गरेर Submit गरेपश्चात आवेदन पूरा हुनेछ । 

ग्राहकहरूले आफ्नो स्मार्टफोन प्रयोग गरी IPO आवेदन दिन सक्ने हुँदा यस सुविधाबाट भौतिक रुपमा बैंकमा उपस्थित भई फारम भरेर IPO आवेदन दिनुपर्ने झन्झबाट ग्राहकहरूलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ । यसरी घरमै बसेर IPO भर्ने सुविधा लिनका लागि बैंकका ग्राहकहरूले NIC ASIA MoBank डाउनलोड गरी तथा यस बैंकमा डिम्याट खाता खोली वा अहिलेसम्म बैंकमा आबद्ध नहुनुभएमा यस बैंकमा बचत खाता खोलेर NIC ASIA MoBank डाउनलोड तथा यस बैंकमा डिम्याट खाता खोल्नु भई समयमै क्ष्एइ भर्ने सुविधाबाट लाभान्विन हुन सक्नेछन् । साथै, बैंकले आफ्नो वेबसाइट www.nicasiabank.com मा रहेको Apply Now आइकनमा ट्याप गरेर समेत IPO आवेदन दिन सकिने व्यवस्था गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको