आज (मंगलबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एउटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
मंगलबार मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेको हो । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर ४ सय ८६ रूपैयाँ २० पैसा पुगेकाे छ ।
त्यसैगरी, अन्य २ वटा कम्पनीको सेयर पनि सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ । मंगलबार युनिभर्सल पावर र हिमालयन उर्जाकाे सेयर सकारात्मक सर्किट लेभलमा काराेबार भइरहेकाे छ ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ९.५२ अंकले घटेर ३०४०.९१ विन्दुमा पुगेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस