Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी इक्विटी फन्डको बम्पर लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन !

अर्थ संसार

विहीबार, १४ साउन २०७८, ०६ : ३४ मा प्रकाशित

लक्ष्मी इक्विटी फन्डको बम्पर लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन !

लक्ष्मी इक्विटी फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कोषले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना लगानीकर्ताहरुका लागि ३५ प्रतिशत लाभांश घोषणा गरेको थियो ।

कोषले नगद लाभांश वितरण गर्नको लागि साउन १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो ।  त्यसैले आज साउन १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको सञ्चालक समितिको साउन ७ गते बिहान बसेको बैठकले लक्ष्मी इक्विटी फन्डका इकाइधनीहरुलाई गत आर्थिक वर्षका लागि ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । 

आर्थिक वर्ष २०७७ ७८ को लाभांश घोषणा गर्ने यो दोस्रो कोष हो । यसअघि गत साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषका इकाइधनीहरुलाई गत आर्थिक वर्षका लागि २५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको थियो। उन्नति कोषको लाभां प्रयोजनार्थ बुक क्लोज समेत भइसकेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको