Like us!
Follow us!
Connect us!
Watch us!

३५ प्रतिशत लाभांश घोषणा गरेको लक्ष्मी इक्विटी फन्डले तोक्यो बुकक्लोज मिति

अर्थ संसार

शुक्रबार, ०८ साउन २०७८, ०८ : ३६ मा प्रकाशित

३५ प्रतिशत लाभांश घोषणा गरेको लक्ष्मी इक्विटी फन्डले तोक्यो बुकक्लोज मिति

लक्ष्मी इक्विटी फन्डले नगद लाभांश वितरण गर्ने प्रयोजनका लागि बुकक्लोज मिति तोकेको छ । कोषले नगद लाभांश वितरण गर्नको लागि साउन १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो ।  त्यसैले साउन १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको सञ्चालक समितिको हिजो (बिहिबार) बिहान बसेको बैठकले लक्ष्मी इक्विटी फन्डका इकाइधनीहरुलाई गत आर्थिक वर्षका लागि ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

आर्थिक वर्ष २०७७ ७८ को लाभांश घोषणा गर्ने यो दोस्रो कोष हो । यसअघि गत साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषका इकाइधनीहरुलाई गत आर्थिक वर्षका लागि २५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको थियो। 

सूचना हेर्नुहोस्ः

60fa2f5ed8e85.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको