Like us!
Follow us!
Connect us!
Watch us!

आईपिओ निष्काशनको अनुमति माग्दै  इमर्जिङ नेपालले दियो धितोपत्र बोर्डमा निवेदन

अर्थ संसार

विहीबार, १४ साउन २०७८, १५ : १८ मा प्रकाशित

आईपिओ निष्काशनको अनुमति माग्दै  इमर्जिङ नेपालले दियो धितोपत्र बोर्डमा निवेदन

आईपिओ निष्काशनको अनुमति माग्दै इमर्जिङ नेपाल लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा एक सय रूपैयाँ अंकित दरको ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न असार १७ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीकोे आईपिओ निष्काशन तथा बिक्रि प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्ने छ । 

यो भन्दा पहिले पनि कम्पनीले आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएकोमा आवश्यक विवरण नपुगेकाले कम्पनीको आईपिओलाई पाइपलाइनबाट हटाइएको थियो ।

कम्पनीले आवश्यक विवरणहरु बुझाएपछि बोर्डले कम्पनीको आईपिओलाई पाइपलाइनमा राखेको हो ।कम्पनीको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीकाे समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको