Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ निस्कासन तयारीमा रहेको इमर्जिङले बोलायो साधारणसभा, के-के छन् एजेन्डा ?

अर्थ संसार

विहीबार, १४ असोज २०७८, ११ : ३० मा प्रकाशित

आईपीओ निस्कासन तयारीमा रहेको इमर्जिङले बोलायो साधारणसभा, के-के छन् एजेन्डा ?

इमर्जिङ नेपालले आगामी १२ कात्तिकमा वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले एभरेस्ट होटल नयाँ बानेश्वर काठमाडौंमा दिउँसो ३ः३० बजे छैटौँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।

सभामा कम्पनीको रजिष्टार कार्यालयको ठेगाना परिवर्तन गर्ने, अन्य प्रस्तावहरुमा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन तथा थपघट गर्ने लगायतको प्रस्ताव छ ।

त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा छन् । इमर्जिङ नेपाल लिमिटेडले सर्वसाधारणमा पाँच लाख ५५ हजार ६ सय कित्ता ससाधारण सेयर आईपीओ जारी गर्न गत असार १७ गते नै नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

बोर्डबाट सेयर जारी गर्न अनुमति पाएपछि मात्र उक्त कम्पनीको साधारण सेयर बिक्रीमा आउनेछ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल तोकिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको