Like us!
Follow us!
Connect us!
Watch us!

ग्रामीण विकास लघुवित्तले बोलायो बार्षिक साधारण सभा, के-के छन् एजेण्डा ?

अर्थ संसार

शुक्रबार, १५ साउन २०७८, १० : ३५ मा प्रकाशित

ग्रामीण विकास लघुवित्तले बोलायो बार्षिक साधारण सभा, के-के छन् एजेण्डा ?

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो छैठौँ बार्षिक साधारणसभाको मिति तय गरेको छ । साउन ९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैगकले भर्चुअल माध्यमबाट आगामी भदौ ५ गते, शनिबार प्रधान कार्यालयमा डाकेको छ ।

सभाले अन्य कुनै लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै संस्थापक समूह अन्तर्गतका नेपाल सरकार र नेपाल राष्ट्र बैंक बाहेकका बैंक तथा वित्तीय संस्थाहरु, कम्पनी, संस्था र शेयर सदस्यहरुबाट प्रतिनिधित्व हुने गरी आपसी समझदारीबाट मनोनित वा निर्वाचित हुने २ जना सञ्चालक चयन गर्ने, सर्वसाधारण समूह अन्तर्गत शेयरधनीहरु मध्येबाट निर्वाचित हुने २ जना सञ्चालक चयन गर्ने र लेखापरीक्षक नियुक्तको प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले साउन २५ गतेदेखि भदौ ५ गतेसम्म बुकक्लोज गर्ने भएको छ। त्यसैले साउन २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरु मात्र सभामा सहभागि हुन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको