Like us!
Follow us!
Connect us!
Watch us!

मध्य भोटेकोशीको आईपीओ भर्ने म्याद थप, अब कहिलेसम्म ?

अर्थ संसार

शुक्रबार, १५ साउन २०७८, १२ : ०६ मा प्रकाशित

मध्य भोटेकोशीको आईपीओ भर्ने म्याद थप, अब कहिलेसम्म ?

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले साउन ५ गते, मंगलबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई पुनः निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) भर्ने म्याद थपिएकाे छ ।

यसअघि सबै बिक्री भएमा साउन १७ गतेसम्म र उक्त अवधिभर बिक्री नभएमा साउन ३२ गतेसम्म दिन पाइने भनिएकाे थियाे । कम्पनीकाे आईपीओ सबै बिकीसकेकाे छ । तर आयोजना प्रभावितहरुले सेयर भर्न नपाएको गुनासो गरेपछि कम्पनीले फेरि म्याद थपेकाे हाे । अब यस आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूले साउन ३२ गतेसम्म आवेदन दिन सक्नेछन् ।                                                                           

कम्पनीले पहिलो चरणमा प्रतिसेयर १०० अंकित दरका कुल ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो । जसमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्याइएको छ भने बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई छुट्याइएको छ । 

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतममा ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको निष्कासन गरेको हो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ९० लाख कित्ता निष्कासन गर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको