Like us!
Follow us!
Connect us!
Watch us!

आरएसडिसी लघुवित्तकाे नाफासँगै बढ्याे खुद व्याज आम्दानी, अन्य सूचक कस्ता छन् ?

अर्थ संसार

सोमबार, १८ साउन २०७८, ०७ : ४६ मा प्रकाशित

आरएसडिसी लघुवित्तकाे नाफासँगै बढ्याे खुद व्याज आम्दानी, अन्य सूचक कस्ता छन् ?

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले ९ करोड १० लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा १५.४६ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ७ करोड ८८ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले १६ करोड ४० लाख ५३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा १५.४१ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १४ करोड २१ लाख ४८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

हालसम्म संस्थाकाे सञ्चालन नाफा १८.४७ प्रतिशतले बढेर १२ करोड ४५ लाख ३० हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाकाे सञ्चालन नाफा १० करोड ५१ लाख ११ हजार रूपैयाँ रहेकाे थियाे ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी ९ प्रतिशतले बढेर ७३ करोड १९ लाख ६० हजार रुपैयाँ पुगेकाे छ । संस्थाकाे जगेडा कोष पनि ४.६४ प्रतिशतले बढेर १५ करोड ३४ लाख ३७ हजार रुपैयाँ पुगेकाे छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ९६ पैसा पुगेकाे छ । संस्थाकाे प्रतिसेयर आम्दानी १२ रुपैयाँ ४४ पैसा रहेकाे छ ।

संस्थाले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ : 

610754048c0cf.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको