Like us!
Follow us!
Connect us!
Watch us!

आरएसडिसी लघुवित्तको खुद नाफा घट्यो, खराब कर्जा, अरु सूचक कस्तो देखिन्छ ?

अर्थ संसार

विहीबार, ०४ माघ २०८०, ०९ : ०६ मा प्रकाशित

आरएसडिसी लघुवित्तको खुद नाफा घट्यो, खराब कर्जा, अरु सूचक कस्तो देखिन्छ ?

आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

वित्तीय सूचक यस्तो देखिन्छ 

खुद नाफा 
आरएसडिसी लघुवित्तले यस अवधि सम्म ६ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ७ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा १२.७३ प्रतिशतले कम हो। 

खुद ब्याज आम्दानी
संस्थाको खुद ब्याज आम्दानी घटेको छ।  यस अवधि सम्म खुद ब्याज आम्दानी १२ करोड २० लाख रुपैयाँमा सिमित भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १४ करोड ७५ लाख रुपैयाँ थियो। जुन १७.३१ प्रतिशतले घटेको हो।  

सञ्चालन मुनाफा 
यस अवधि सम्म संस्थाको सञ्चालन मुनाफा ९ करोड ९० लाख रुपैयाँ  रहेको छ। अघिल्लो वर्ष यहि अवधि सम्म सञ्चालन मुनाफा ११ करोड ३४ लाख रुपैयाँ थियो। जुन १२.७३ प्रतिशतले घटेको हो।

खराब कर्जा अनुपात
संस्थाको खराब कर्जा अनुपात (एनपील) बढेर १.८२ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल ०.८१ प्रतिशत थियो।

इम्पेयरमेन्ट चार्ज
इम्पेयरमेन्ट चार्जका रुपमा ४१ लाख ७४ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्ष २ करोड २८ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज रहेको थियो।

चुक्तापुँजी 
८६ करोड ९५ लाख रुपैयाँ

रिजर्भ
रिजर्भ १२ करोड १० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिजर्भमा १० करोड ९३ लाख रुपैयाँ थियो।

प्रति सेयर आम्दानी (ईपीएस) 
यस अवधि सम्म (ईपीएस) १५.९४ रुपैयाँ कायम छ। अघिल्लो वर्ष यही अवधिसम्म ईपीएस १९.७३ रुपैयाँ थियो। 

पीई रेसियो 
३६.०७ गुणा
 
प्रति सेयर नेटवर्थ
 ३१.०१ रुपैयाँ

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको