Like us!
Follow us!
Connect us!
Watch us!

आरएसडिसी लघुवित्तको वित्तिय विवरणको चिरफार : गत वर्ष ८% बोनस सेयर दिएको कम्पनीको अहिलेको अवस्था कस्तो ?

अर्थ संसार

बुधबार, ०३ साउन २०८०, ०८ : १५ मा प्रकाशित

आरएसडिसी लघुवित्तको वित्तिय विवरणको चिरफार : गत वर्ष ८% बोनस सेयर दिएको कम्पनीको अहिलेको अवस्था कस्तो ?

गत आर्थिक वर्षमा ८ प्रतिशत बोनस सेयर दिएको कम्पनी हो आरएसडिसी लघुवित्त वित्तीय संस्था। बोनस पछि यस कम्पनीको  चुक्ता पूँजी ८६ करोड ९५ लाख रुपैयाँ चुक्ता पूँजी पुगेको छ। यस आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण आज सार्वजनिक गर्यो । 

कस्तो छ  वित्तीय प्रदर्शन ?

खुद नाफा 
लघुवित्तको खुद नाफा बढेको देखिन्छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ११ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्ष लघुवित्तले १० करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.७१ प्रतिशत धेरै हो। 

कसरी बढ्यो खुद नाफा?

खुद नाफा बढ्नुको कारण खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढ्नु देखिन्छ। खुद ब्याज आम्दानी १९.२१% ले बढेर २८ करोड ४९ लाख ५२ हजार रुपैयाँ पुगेको छ । तेस्तै सञ्चालन नाफा पनि ५.८८% ले बढेर १५ करोड ९२ लाख ९४ हजार रुपैयाँ पुगेको छ ।

बढ्यो निष्क्रिय कर्जा
लघुवित्तको निष्क्रिय कर्जा ०.४९ प्रतिशतबाट बढेर १.२२ प्रतिशत पुगेको रिपोर्टले देखाएको छ। जसको कारणले लघुवित्तको इम्पेरमेन्ट चार्ज ७ करोड १८ लाख बाट बढेर ९ करोड ९९ लाख रुपैयाँ पुगेको छ। यसको असर कम्पनीको सञ्चालन मुनाफामा देखिएको।  यस अवधिमा सञ्चालन मुनाफा १५ करोड ९२ लाख  देखिन्छ जुन ५.८८ प्रतिशत मात्र बढेको हो।

इन्डिकेटर के भन्छन ?

प्रतिसेयर आम्दानी

प्रतिसेयर आम्दानी २८ पैसाले घटेर १२ रुपैयाँ ८४ पैसामा पुगेको छ। अघिल्लो वर्ष यसै अवधिमा प्रतिसेयर आम्दानी १३ रुपैयाँ १२ पैसा थियो । 

प्रतिसेयर नेटवर्थ 
१२३ रुपैयाँ ४६ पैसा 

जगेडा कोषमा सञ्चिति 
२० करोड ३९ लाख रुपैयाँ

चुक्ता पूँजीको तुलनामा नाफा बढाउन नसकेका कारण लघुवित्तको आम्दानी घट्न पुगेको देखिन्छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको