Like us!
Follow us!
Connect us!
Watch us!

आरएसडिसी लघुवित्तको लाभांश सुरक्षित गर्न आज अन्तिम म्याद

अर्थ संसार

सोमबार, २४ कार्तिक २०८२, ०७ : ५४ मा प्रकाशित

आरएसडिसी लघुवित्तको लाभांश सुरक्षित गर्न आज अन्तिम म्याद

आरएसडिसी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज, कार्तिक २४ गते परेको छ। कम्पनीले कार्तिक २५ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म नामसारी भई कायम रहेका सेयरधनीले मात्र आगामी साधारणसभामा सहभागी हुन र प्रस्तावित लाभांश पाउने अवसर पाउनेछन्।

लघुवित्तले मङ्सिर १२ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। सो सभामा लाभांश वितरणसँगै अन्य महत्वपूर्ण प्रस्तावहरू समेत पेश गरिने छन्। कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३ करोड ४० लाख रुपैयाँ रहेको छ। साधारणसभाले उक्त प्रस्ताव स्वीकृत गरेपछि लगानीकर्ताहरूले नगद लाभांश प्राप्त गर्नेछन्।

सभामा प्रस्तुत गरिने एजेन्डामध्ये वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक विवरण अनुमोदन गर्ने, आगामी वर्षका लागि लेखापरीक्षक पुनः नियुक्त गर्ने, तथा मर्जर सम्बन्धी विशेष प्रस्तावसमेत रहेका छन्।

लघुवित्तले अन्य उपयुक्त लघुवित्त संस्थासँग गाभ्ने वा गाभिने (मर्जर) सम्भावनाबारे छलफल अघि बढाउने निर्णय पनि गरेकाले, यस सम्बन्धी सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सभामा पेश गरिने भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको