आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो आगामी वार्षिक साधारणसभा मङ्सिर १२ गते गर्ने निर्णय गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव साधारणसभामा प्रस्तुत गर्न लागेको हो।
हाल लघुवित्तको चुक्ता पूँजी १ अर्ब ३ करोड ४० लाख रुपैयाँ रहेको छ। साधारणसभाले प्रस्ताव पारित गरेपछि सो लाभांश लगानीकर्तामा वितरण गरिनेछ।
लघुवित्तले साधारणसभा प्रयोजनका लागि कार्तिक २५ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार कार्तिक २४ गतेसम्म नेप्सेमा नाम दर्ता भएका सेयरधनीहरू मात्र सभामा सहभागी भई प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
साधारणसभामा प्रस्तुत हुने मुख्य एजेन्डाहरूमा निम्न विषयहरू समावेश छन्–
आरएसडिसी लघुवित्तले अन्य उपयुक्त लघुवित्त संस्थासँग गाभ्ने वा गाभिने (Merger/Acquisition) प्रक्रिया अघि बढाउनका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि साधारणसभामा लैजाने भएको छ।
साथै, मर्जर प्रक्रियाका लागि नयाँ समिति गठन, DDA नियुक्ति, पारिश्रमिक निर्धारण तथा आवश्यक प्रक्रिया पूरा गर्न पनि समितिलाई अधिकार प्रदान गरिनेछ।
कम्पनीका अनुसार, मर्जर–अधिग्रहणसम्बन्धी निर्णयले संस्थाको दिगोपन, पूँजी सुदृढीकरण र सञ्चालन दक्षता बढाउने उद्देश्य राखेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस