Like us!
Follow us!
Connect us!
Watch us!

स्पेशल प्रि ओपनिङ्गमा कतिमा भयो युनियन लाइफको कारोबार ?

नेप्से

सोमबार, १८ साउन २०७८, १० : ५१ मा प्रकाशित

स्पेशल प्रि ओपनिङ्गमा कतिमा भयो युनियन लाइफको कारोबार ?

धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) युनियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे पहिलो कारोबार भएको छ ।

स्पेशल प्रि ओपनिङ्ग सेसनमा कम्पनीकाे १० कित्ता सेयर प्रतिकित्ता ३४२ रूपैयाँमा काराेबार भएकाे छ । कम्पनीकाे काराेबार अधिकतम रेञ्जबाट सुरू भएकाे हाे । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम ११५ रुपैयाँ १३ पैसादेखि र अधिकतम ३४५ रुपैयाँ ३९ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियाे ।

आइतबार कम्पनीकाे २ कराेड १५ लाख कित्ता साधारण सेयर (आईपीओ) धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे । 

कम्पनीकाे सेयर काराेबार गर्नका ULI संकेत प्रदान गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको