Like us!
Follow us!
Connect us!
Watch us!

ULI काे लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका

अर्थ संसार

आइतबार, १५ माघ २०७९, ११ : १२ मा प्रकाशित

ULI काे लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका

युुनियन लाईफ इन्स्योरेन्स कम्पनीले लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (माघ १५ गते, आइतबार) अन्तिम दिन रहेकाे छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भाेलि माघ १६ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज माघ १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको ५ औँ वार्षिक साधारण सभा माघ २६ गते, विहिबार टाइगर प्यालेस रिसोर्ट, भैरहवामा बिहान १०ः३० बजेदेखि सुरू हुनेछ । 

सभाले कम्पनीको पुस १२ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८.९७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले हाल कायम संस्थापक तथा सर्वसाधारण सेयरधनीहरुको सेयर सरचनालाइ परिमार्जन गरी ५१ः४९ को अनुपात कायम गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बिच एक आपसमा गाभिने सम्बन्धमा भएको प्रारम्भिक सम्झौता पत्र (MOU), कम्पनीको सेयर कारोबार रोक्का राख्ने गरी भएको निर्णय तथा कम्पनीको सम्पत्ति तथा दायित्वको मुल्यांकन कार्य (DDA) गर्न लेखापरीक्षक / परामर्शदाता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने गरी भएको संचालक समितिको निर्णयहरु अनुमोदन समेत गर्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको