Like us!
Follow us!
Connect us!
Watch us!

यूनियन लाइफकाे लाभांश संशाेधन, बढ्याे बाेनस

अर्थ संसार

सोमबार, ०२ माघ २०७९, १२ : २० मा प्रकाशित

यूनियन लाइफकाे लाभांश संशाेधन, बढ्याे बाेनस

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे लाभांश संशाेधन भएकाे छ ।

कम्पनीको पुस १२ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४५५३ प्रतिशत नगद  लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे । तर बीमा प्राधिकरणकाे निर्देशन पश्चात् लाभांश संशाेधन गरिएकाे हाे ।   संशाेधित लाभांश अनुसार कम्पनीकाे बाेनस बढेकाे छ भने नगद हटेकाे छ । अब कम्पनीले ८.९७ प्रतिशत बोनस मात्रै वितरण गर्नेछ ।

अब उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताहरूमा वितरण गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको