Like us!
Follow us!
Connect us!
Watch us!

पत्रपत्रिकालाई हुलाक सेवा निशुल्क गर्न काउन्सिलको आग्रह

अर्थ संसार

मंगलबार, १९ साउन २०७८, १५ : ३८ मा प्रकाशित

पत्रपत्रिकालाई हुलाक सेवा निशुल्क गर्न काउन्सिलको आग्रह

प्रेस काउन्सिल नेपालले पत्रपत्रिकालाई हुलाकमार्फत निःशुल्क पठाउने व्यवस्थाका लागि आवश्यक समन्वय गरिदिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र हुलाक सेवा विभागलाई आग्रह गरेको छ । 

यसअघि हुलाक सेवा विभाग र जिल्ला हुलाक कार्यालयमा दर्ता भएका पत्रपत्रिकालाई हुलाकमार्फत निःशुल्क पठाउने व्यवस्था रहेकोमा सो व्यवस्थाविपरीत पत्रपत्रिकाका प्रत्येक प्रतिमा टिकट टाँस्नुपर्ने अनिवार्य गरेकोमा काउन्सिलले चासो देखाएको हो ।  

यस विषयमा पत्रकार जगतबाट काउन्सिलमा गुनासो आएकाले समन्वयको लागि मन्त्रालय र हुलाक सेवा विभागलाई लिखित पत्र पठाइएको काउन्सिलले जनाएको छ ।  पत्रपत्रिकालाई परेको यस किसिमको समस्या फुकाउन आवश्यक सहजीकरणका लागि पनि काउन्सिलले सो पत्र मार्फत अनुरोध गरेको हो ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको