Like us!
Follow us!
Connect us!
Watch us!

दुुई रुख रुद्राक्षको मूल्य ५५ लाख रुपैयाँ

आइतबार, ०७ कार्तिक २०७३, १२ : १३ मा प्रकाशित

दुुई रुख रुद्राक्षको मूल्य ५५ लाख रुपैयाँ


अर्जुन बस्नेत 
भोजपुर–रुद्राक्षको राजधानी भनेर चिनिने भोजपुरका एक किसानले २ बोट रुद्राक्ष ५५ लाख रुपैयाँमा बेचेका छन् । कुलुङ–२ का आशमान राईले दुई केही अघि बगानमा भएको रुद्राक्षको बोटको दुई वर्षको उत्पादन ५५ लाख रुपैयाँमा बेचेका हुन् । 

दुई बर्षअघि सोही बोटमा फलेका रुद्राक्ष आशमानले ३ लाख ५० हजार रुपैयाँमा बेचेका थिए । उनले यस वर्ष २०७३ र ७४ सालको उत्पादन लिने शर्तमा व्यापारी गोबिन्द कटुवाल र शालिग्राम थापालाई ५५ लाखमा बिक्री गरेका हुन् । 

राईले गाउँमा समाज राखेर कागजमा लेप्चे लगाएर ५५ लाख नगद बुझे । कुलुङका अधिकांश परिवारले बार्षिक रुपमा १० लाखसम्मको रुद्राक्ष बिक्री गर्ने गर्छन । उनले ५५ लाख हातमा समाउँदा गाउँलेले खासै अनौठो मानेनन् । ‘ती रुखमा राम्रो रुद्राक्ष फल्छन्,  पैसा पाउने नै भए नि’ एक व्यपारीले भने ।

खरिद गर्ने रुद्राक्ष व्यापारी शालिग्राम थापाले ती रुखमा चिनियाँ बजारमा माग भएअनुसार चिल्लो, ठुलो (कण्ठे) थेप्चे, पाटो मदाने आकारको ६ र ७ मुखे मात्र फल्ने भएकाले राम्रो मूल्य तिरेको बताए । ‘त्यसैले दाम कसेर लगाएका हौं,’ उनले भने, ‘नाफै हुन्छ ।’ आशमानको बगानमा फल्ने रुद्राक्ष उत्कृष्ट भएकाले गत बर्ष बोटबाटै चोरी भएको थियो । प्रहरीले रुखको मुचुल्का गरी अनुसन्धान गरेको थियो ।


आशमान रुद्राक्षबाट मोटो रकम आम्दानी गर्ने यहाँका प्रतिनिधी पात्र मात्र हुन् । उनी जस्तै रुद्राक्ष बेचेर आम्दानी गर्ने किसान यहाँ प्रसस्तै छन् । पछिल्लो समय रुद्राक्ष भोजपुरमा राम्दानीको राम्रो स्रोत बनेको छ । पाँच बर्षयता चीनको बजारमा नेपाली रुद्राक्षको माग बढ्न थालेको छ । माम्लिङ, स्याबुन र चैनपुर–१७ लुहाकोटमा एक÷एक बोट उत्कृष्ट दाना फल्ने पाइएको रुद्राक्ष व्यवसायी संघका अध्यक्ष बिपिन राईले बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको