राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाले कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै आपत्ति जनाएका छन्।
प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनीहरूले संवैधानिक परिषद्द्वारा चौथो वरीयताका डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा गरिएको सिफारिसविरुद्ध सर्वोच्च प्रशासनले दरपीठ (दर्ता गर्न अस्वीकार) गरेको निवेदनलाई मल्लले दर्ता गरी पेसी तोक्न आदेश दिएकोमा असन्तुष्टि व्यक्त गरे।
त्यसबारे अधिवक्तासमेत रहेका न्यौपानेले भने, ‘सर्वोच्च अदालत कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको आदेश भन्ने एउटा आदेश अहिले मिडियामा छरपस्ट आएको छ। यो आदेश इजलास संयुक्त हो कि, एकल हो कि, वा बृहत् इजलास हो कि, या पूर्ण इजलास हो कि, या संविधानको कुन धाराले गाइड गरेको इजलास हो, यहाँ देखिन्न । अदालतका आफ्ना मर्यादा र सीमा छन् ।'
यो कदम 'कन्फ्लिक्ट अफ इन्ट्रेस्ट' को सिद्धान्त देखिनुका साथै अदालतको नियमित न्याय प्रशासनको क्षेत्रभन्दा बाहिर गएको दाबी गर्दै सांसद बास्कोटाले कामु प्रधानन्यायाधीश मल्लको अभिव्यक्तिप्रति समेत कडा आपत्ति जनाइन्।
उनले भनिन्,उहाँले लडाइँ अझै बाँकी छ भन्नुभएको छ, को सँग लडाइँ बाँकी छ ? उहाँ त न्यायमूर्ति हो । उहाँले सरकारसँग लडाइँ अझै बाँकी छ भन्नुभएको हो ? राजनीति गर्न मन भए कोट खोलेर आउनुहोला हामी तयार छौँ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस