Like us!
Follow us!
Connect us!
Watch us!

स्कटल्याण्ड माथि नेपालको सानदार जित, रोहित र इशानको अर्धशतक

अर्थ संसार

सोमबार, ०४ जेठ २०८३, १५ : १९ मा प्रकाशित

स्कटल्याण्ड माथि नेपालको सानदार जित, रोहित र इशानको अर्धशतक

आईसीसी विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्ड विरुद्धको खेलमा नेपाले सानदार जित निकालेको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा नेपालले स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको हो । 

जितका लागि पाएको १९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो । नेपालका लागि कप्तान रोहित पौडेलले सार्वधिक ७४ रनको अविजित पारी खेले । त्यस्तै डा. इशान पाण्डेले पनि ५५ रनको योगदान दिए । ओपनर आशिफ शेखले २९ रन बनाए भने अर्का ओपनर कुशल भुर्तेलले २८ रनको योगदान दिए । 

बलिङ तर्फ स्टकल्याण्डका मार्क वाटले २ विकेट लिए । त्यस्तै ब्रान्डन म्याकमुलेनले एक विकेट लिए । 

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटलयाण्डले ३९.१ ओभरमा सबै विकेट गुमाएर १९४ रन बनाएको थियो । उसका लागि ब्रेन्डन म्याकमुलेनले सर्वाधिक ७७ रन बनाउँदा माइकल लिस्कले पनि ५१ रनको अर्धशतकीय पारी खेले । यस्तै, जर्ज मुन्सीले २१ तथा मार्क वाटले २० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ नेपालका ललित राजवंशीले ४ विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले ३ विकेट लिँदा नन्दन यादव, दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले एक–एक विकेट लिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको