Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा लाईफको आईपीओमा दोस्रो दिनसम्म यसरी पर्यो आवेदन

अर्थ संसार

विहीबार, २१ साउन २०७८, १७ : ३३ मा प्रकाशित

सानिमा लाईफको आईपीओमा दोस्रो दिनसम्म यसरी पर्यो आवेदन

सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) मा दाेश्राे दिनमा पनि लगानीकर्ताहरूकाे उस्तै ओइराे लागेकाे छ । कम्पनीकाे आईपीओमा हिजाे पहिलाे दिन नै माग गरिएको भन्दा धेरै आवेदन परेकाे थियाे  ।

निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार बिहीबार साँझसम्म १४ लाख ९५ हजार ३ सय ८९ जना आवेदकबाट २ करोड ३८ लाख ११ हजार ७ सय १० कित्ताका लागि आवेदन दिएका छन् । याे संख्या सर्वसाधारणका लागि माग गरिएको भन्दा ४.४० गुणा बढी हो । 

सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २० गते, बुधबारदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ६० कराेड रूपैयाँ बराबरकाे ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएकाे छ ।

कम्पनीको उक्त आईपीओमा छिटोमा साउन २४ गतेसम्म र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताले कम्पनीको आईपीओमा सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेभसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् । 

कम्पनीको आईपीओलाई केयर रेटिङले“केयर एनपी बीबीबी” रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । त्यस्तै, कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने संकेत गर्दछ ।

सानिमा लाईफ इन्स्योरेन्सले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ९ करोड ३६ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएकाे छ । साेही अवधिसम्म कम्पनीकाे जीवन बीमा कोषमा १ अर्ब ९२ करोड ३५ लाख रुपैयाँ पुगेको छ । चैत्र मसान्तसम्म कम्पनीले कुल १ अर्ब ४७ करोड ८२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । हाल चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २० करोड ६३ लाख २१ हजार रुपैयाँ रहेको छ । 

कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार प्रतिसेयर नेटवर्थ १०९ रूपैयाँ ६७ पैसा रहेको छ । आर्थिक वर्ष २०७९/८० सम्म कम्पनीकाे प्रतिसेयर नेटवर्थ १३९ रूपैयाँ ३३ पैसा पुग्ने प्रक्षेपण गरिएकाे छ । 

कम्पनीकाे सम्पूर्ण विवरण हेर्न यहाँ थिच्नुहाेस् 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको